काठमाडौं । चलचित्र ‘प्रसाद’ को छायांकन सकिएको छ । विपिन कार्की र नम्रता श्रेष्ठको मुख्य भूमिका रहने प्रसादको काठमाडौंमा इन्ड क्ल्याप गरिएको थियो ।
निःसन्तान दम्पतीको कथामा निर्माण भइरहेको यो फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् भने समीक्षक तथा पत्रकार सुशील पौडेलले फिल्मको कथा लेखेका हुन् ।
सुवास थापा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो फिल्म रिलिजअघि नै चर्चामा छ । चलचित्रमा राजेश श्रेष्ठको छायांकन, कोशिश क्षेत्री र सुवास भुसालको संगीत छ भने विकास सुवेदीको सह–निर्देशन गरेका छन् ।
चलचित्रको रिलिज मिति मंसिर २१ गतेलाई तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया