कप्तान पारस भन्छन् – ‘एशिया कप’ खेल्नु अर्को ठूलो अवसर

काठमाडौं । नेपाली टिमका कप्तान पारस खड्काले मलेसियामा हुने एशिया कपमा उत्कृष्ठ खेल्ने लक्ष्य रहेको बताएका छन् । 

नेदरल्याण्ड्सविरुद्धको दुई एक दिवसीय खेलेर सोमबार स्वदेश फर्किएका कप्तान पारसले एशिया कप अर्को ठुलो अवसर भएको जानकारी दिए । 

त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै कप्तान खड्काले नेदरल्यान्ड्ससँगको ओडीआई श्रृङ्खलामा नेपालको प्रदर्शन राम्रो रहेको प्रतिक्रिया दिए । उनले पहिलो खेल ब्याटिङमा देखिएको कमजोरीले गुमाए पनि नेपालले तुलनात्मक रुपमा राम्रो खेल खेलेको बताए । 

कप्तान खड्काले आगामी 'एशिया कप'मा अझ राम्रो प्रर्दशन गर्ने लोकपथलाई बताए ।

‘एशिया कप हाम्रो लागि निक्कै महत्वपूर्ण प्रतियोगिता हो । यस च्याम्पियनसिपमा हामीले सक्दो राम्रो खेल्ने प्रयाग गर्नेछौ । हामी अझै खेलमा राम्रो गर्दै जाने आशमा छौं । एशिया कपमा सबै देशले सबैलाई चुनौती दिन सक्छन् । त्यसैले हाम्रो लागि पनि यो च्याम्पियनसिपमा निक्कै चुनौती छ । भारत र पाकिस्तानसँग खेल्न पाउनु पनि हाम्रो लागि ठूलो अवसर भएकाले पनि छनोट जित्न उच्च मनोबल लिएका छौं ।’ उनले भने । 

एसिसी ‘एशिया कप’ छनोट प्रतियोगिता आगामी भदौ ११ देखि २२ सम्म मलेसियामा हुँदैछ । एशिया कप छनोटमा नेपालसहित एसियाका ६ राष्ट्रले 'एसिया कप'मा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछ । नेपाल, संयुक्त अरब इमिरेट्स युएई, हङकङ, सिंगापुर, मलेसिया र ओमानबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालले पहिलो खेल अगष्ट २९ मा ओमानसँग बायोमास ओभलमा खेल्नेछ ।  'एशिया कप'को छनोटको विजेताले डिफेन्डिङ च्याम्पियन भारत र पाकिस्तानसँग एशिया कप च्याम्पियनसिपमा भिड्ने मौका पाउनेछ। 

नेपाली टिम इंग्ल्यान्डको लर्ड्समा त्रिकोणात्मक टी–२० सिरिज र नेदरल्यान्ड्समा २ खेलको एकदिवसीय सिरिज खेलेर सोमवार स्वदेश फर्किएको हो । टी-२० सिरिजमा नेपालले एमसिसीलाई हराएको थियो भने नेदरल्यान्ड्सविरुद्धको दोस्रो खेल वर्षाले अबरुद्ध बनेको थियो।

एक दिवसीय सिरिजमा पहिलो खेल ५५ रनले गुमाएको नेपालले दोस्रो खेलमा १ रनको रोमाञ्चक जित हात पारेको थियो । 

'एशिया कप' छनोटको यस्तो खेल तालिका :-

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?