काठमाडौं । यहि बिहीबार देखि भुटानमा आयोजना हुने यू-१५ गल्स ‘साफ च्याम्पियनसिप’को लागि नेपाली खेलाडीसहितको टोलीलाई बिदाई गरिएको छ ।
खेलाडीसहितको टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्ने एन्फाले जानकारी दिएको छ । भुटान जाने २३ खेलाडीसहित ३२ सदस्यीय नेपाली टोलीलाई सोमवार अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले बिदाइ गरेको हो । खेलाडीसहितको टोलीलाई युवा तथा खेलकुद मन्त्रालयको सचिव मोहन कृष्ण थापा, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले बिदाइ गरेका थिए ।
‘साफ च्याम्पियनसिप’को लागि एन्फाले यसअघि नेपाली यू—१५ गल्स टोलीको घोषणा गरेको थियो । नेपाली टोलीको मुख्य प्रशिक्षकमा गंगा गुरुङ, प्रशिक्षकमा श्याम मानन्धर र गोलकिपर प्रशिक्षक विनोद महर्जन रहेका छन् ।
त्यस्तै, साफ च्याम्पियनसिप खेलाउन फिफा रेफ्री अस्मिता मानन्धर, फिफा एसिस्टेन्ट रेफ्री बिना श्रेष्ठ र महिला खेलकुद पत्रकार मुना कार्की पनि नेपाली टोलीसँगै भुटान जानेछन् ।
समूह ‘बी’ मा रहेको नेपालले पाकिस्तान र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । थिम्पुमा हुने ‘साफ च्याम्पियनसिप’मा ९ दिनसम्म चल्नेछ ।
नेपालले पहिलो खेल अगष्ट ११ मा मा पाकिस्तानसंग खेल्नेछ भने बंगलादेशसंग अगष्ट १३ मा दोस्रो खेल खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया