अमेरिका। बंगलादेशले तीन म्याचको टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता अन्तर्गत आइतबार खेलिएको खेलमा वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको छ ।
यो जितसँगै बंगलादेशले तीन म्याचको प्रतियोगिता २–१ ले जितेको छ ।
अमेरिकाको फ्लोरिडामा भएको उक्त प्रतियोगितामा पहिले ब्याटिङ गर्दै बंगलादेशले पाँच विकेटको क्षतिमा १ सय ८४ रनको विशाल योगफल बनाएको थियो ।
जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजको शुरुवात राम्रो भएन । वेस्ट इन्डिजका तर्फबाट २१ बलमा धुँवाधार ब्याटिङ गरेका आन्द्रे रसेलले ४७ रन बनाए ।
वेस्ट इन्डिजले १७ दशमलब १ ओभरमा १ सय ३५ रन बनाएपछि मुसलधारे वर्षा भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया