स्मार्ट च्वाइस टेक्नोलोजिज र सेल–पेबीच स्मार्ट क्यूआर भुक्तानी सेवाका लागि सम्झौता

लोकपथ
56
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिप्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) तथा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमतिप्राप्त सेलकम प्रालि (सेलप) बीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।

हालै स्मार्ट च्वाइस टेक्नोलोजिजको गैह्रीधारास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच स्माटच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र सेलपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सार्थक छेत्रीले सो सेवा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार, सेल–पे प्रयोगकर्ताले सेलपेमार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुमा भुक्तानी गर्न सक्छन् भने सेल–पेमार्फत विभिन्न व्यापार–व्यवसायमा संलग्न व्यवसायीहरुले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्नेछन् ।

इएमभि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सीयल स्वीचमार्फत कारोबारको भुक्तानी तथा फर्छ्याैट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।

विगत २० वर्षदेखि कार्डलगायत भुक्तानीका विभिन्न सेवा दिँदै आइरहेको स्मार्ट च्वाइस टेक्नोलोजिज र नेपाली वालेट प्रयोगकर्तामाझ लोकप्रिय सेल–पेबीच भएको यो सहकार्यले भुक्तानी क्षेत्रको समग्र विकासमा थप योगदान पुग्ने आशा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?