काठमाडौं । साताको दोस्रो कारोबार दिन भने सेयर बजार सामान्य अंकले बढेको छ । यसदिन सेयर बजार मापक नेप्से परिसूचक ८ दशमलव ९० अंकले बढेर २२७४ दशमलव ४२ बिन्दुमा पुगेको छ ।
आज नेप्से परिसूचक पनि २ दशमलव ४१ अंकले बढेर ४४१ दशमलव ०९ बिन्दुमा पुगेको छ ।
आज दिनभर २२७ कम्पनीको ३१ लाख ५६ हजार ९१३ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३२ करोड ६३ लाख २० हजार ३४६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।
बुधबार ८ उपसमूहको सेयर मूल्य बढेको छ भने बाँकी ५ समूहको सेयरमूल्य घटेको छ । आज १२७ कम्पनीको सेयर मूल्य बढेको छ भने ५२ कम्पनीको सेयर मूल्य घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया