कास्कीको अन्नपूर्ण गाउँपालिकामा हेलिकोप्टर उडाउन प्रतिबन्ध

पोखरा : कास्कीको अन्नपुर्ण गाउँपालिकामा अबदेखि हेलिकोप्टर उडाउन नपार्इने भएको छ । 

अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने यो गाउँपालिकाले बैठकले हेलिकोप्टर उडाउँदा पशुपंक्षी र पर्यावरणमा समस्या देखिन सक्ने र पर्यटकीय क्षेत्रको अाभा नै गुम्न सक्ने चिन्ता जनाउँदै अब अार्इन्दा हेलिकोप्टर चलाउन नदिने निर्णय गरेको हो । 

अन्नपूर्ण गाउँपालिकामा विश्वप्रशिद्ध अन्नपूर्ण पदमार्ग, घान्द्रुक, लाग्द्रुक पदमार्ग, पुनहिल पदमार्ग, मर्दी पदमार्ग लगायतका पदमार्ग रहेकाले पर्यावरणलार्इ असर गर्ने खालको पर्यटनलार्इ विस्थापित गरि पर्यापर्यटनमा जोड दिन गाउँपालिकाले यस्तो निर्णय गरेको हो ।

हेलिकोप्टरको अावाज र त्यसबाट उत्पन्न हुने थर्थराहट (भार्इब्रेसन) ले वन्यजन्तु भाग्न थालेको र चराचुरूंगी समेत भेटिन छाडेकाले पर्यापर्यटनलार्इ दीगाेपना दिन हेलिकोप्टर चलाउन रोक लगार्इएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताए । गाउँपालिकाले गरेको निर्णय भदाैदेखि लागु हुने उनले जानकारी दिए । 

अन्नपूर्ण गाउँपालिकामा हेलिकोप्टर उडाउन रोकिएको बारे हवार्इ सेवाप्रदायक कम्पनीहरूलार्इ जानकारी गराउने र अटेर गरि उडाएमा कारबाही गर्ने गाउँपालिकाले निर्णय गरेको छ। 

नेपालको संरक्षित एेनमै संरक्षित क्षेत्रहरूमा जथाभावी हवार्इ उडान गर्न नपाउने उल्लेख छ । यही एेनको सहारा लिएर केहीअघि अन्नपूर्ण संरक्षण अायोजना (एक्याप) अनूमतिबिना अन्नपूर्ण क्षेत्रमा हेलिकोप्टर नउडाउन अाग्रह गरेको थियो । तर हेलिकोप्टर कम्पनीहरूले अटेर गरि उडान गरिरहेका छन् । 

अहिले अन्नपूर्ण बेसक्याम्पसम्म नै हेलिकोप्टरहरूले उडान भरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?