सेयर बजारलाई निरुत्साहित गर्ने व्यवस्था फिर्ता लिन राष्ट्र बैंकलाई लगानीकर्ताको आग्रह

लोकपथ
49
Shares

काठमाडौं । सेयर बजारका लगानीकर्ताहरुले सेयर धितो कर्जामा लगाइएको ४–१२ को सीमा फिर्ता लिन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेका छन्। लगानीकर्ताहरुका दुई संस्था नेपाल इन्भेष्टर्स फोरम र सेयर लगानीकर्ता संघले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष ४ बुँदे माग पेश गरेका छन् ।

सेयर धितो कर्जामा लगाइएको सीमाले सेयर बजारलाई निरुत्साहित गरेकोले यो व्यवस्थालाई फिर्ता गर्न उनीहरुले माग गरेका हुन्।

लगानीकर्ताहरुले आर्थिक वर्ष २०७९/८० को साउन १ गतेदेखि सेयर कर्जामा लगाउने भनिएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गर्न पनि राष्ट्र बैंकसमक्ष माग गरेका छन्।

आगामी साउन १ गतेदेखि सेयर कर्जामा लगाउने भनिएको १५०% को जोखिम भारित औसतलाई १००% नै कायम गर्न पनि लगानीकर्ताहरुले माग गरेका छन् ।

साथै, मर्जर तथा एक्विजिसनमा हाल वार्षिक साधारण सभामा बुक क्लोज हुने व्यवस्था जस्तै सीमित अवधिको लागि मात्र कारोबार बन्द गर्ने व्यवस्था गर्न र तरलता अभावको समस्या तत्काल समाधान गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?