काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ‘आइसिसी’को टी-२० वरीयताको उत्कृष्ट सयमा नेपालका चार खेलाडी पर्न सफल भएका छन् ।
टी-२० वरीयतामा नेपालका २ ब्याट्सम्यान र २ बलर परेका हुन् । ब्याट्सम्यानको वरीयतामा कप्तान पारस खड्का र शरद भेषावकर परेका छन्। पारस ९०औं वरीयतामा परेका छन्। पारसको रेटिङ अंक २ सय ६५ छ।
त्यस्तै, २ सय ३८ रेटिङ अंकका साथ शरद ९८ औं वरीयतामा छन्। टी-२० वरीयताको शीर्ष स्थानमा आरोन फिन्च छन् भने दोस्रो स्थानमा पाकिस्तानको फखर जमान र तेस्रो स्थानमा भारतका लोकेश राहुल रहेका छन्।
यता नेपालका बलरद्वय बसन्त रेग्मी र सोमपाल कामी पनि टी-२० वरीयतामा समावेश छन्। बसन्त ३ सय ९७ अंकका सथा ७१औं स्थानमा छन्सो भने मपाल ९२ औं स्थानमा रहेका छन्।
उनको रेटिङ अंक ३ सय ३८ छ। बलरको शीर्ष स्थानमा अफगानिस्तानका रसिद खान छन्। दोस्रो स्थानमा पाकिस्तानका सादब खान र तेस्रो स्थानमा न्युजिल्यान्डका इस सोधी रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया