थाइल्याण्ड । आसन्न १८ औं ‘एशियाड’ र ‘साफ’ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टिम र थाइल्याण्डबीचको पहिलो अभ्यास खेल शुरु भएको छ ।
यि दुई टिमबीचको खेल बोनयाचिन्दा स्टेडियममा भइरहेको छ । पुलिस टेरो क्लबविरुद्धको खेलमा नेपालका दुई महत्वपूर्ण सदस्य रोहित चन्द र गोलकिपर किरण चेम्जोङ अनुपस्थित छन् । किरणको भिसा समस्याका कारण र रोहितलाई क्लबले नपठाएको कारण उनीहरु पहिलो अभ्यास खेल गुमाएका हुन ।
नेपालले दोस्रो अभ्यास खेलमा शुक्रबार थाइल्याण्डको यू–२३ टोलीसँग थाम्मासत युनिभर्सिटी मैदानमा खेल्नेछन् ।
थाइल्याण्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट इन्डोनेसियामा जानेछन् । एसियन गेम्समा नेपाल समूह ‘डी’मा रहेको नेपालले जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया