शेयर बजार  सूचक घट्यो, कारोबार बढ्यो

काठमाडौं । शेयर बजार मंगलबार पनि सामान्य अंकले ओरालो लागेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.४६ बिन्दुले घटेर एक हजार १ सय ८८ बिन्दुमा झरेको छ । क वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.२६ बिन्दुले घटेको छ । 

आइतबार बजार १.४३ बिन्दुले घटेर एक हजार १८९.८८ बिन्दुमा पुगेको थियो भने सोमबार पनि सामान्य अंकले गिरावट भएको थियो । मंगलबार कूल १ सय ५७ कम्पनीको नौ लाख नौ हजार ३ सय ४१ कित्ता शेयर  २१ करोड ३७ लाख ९१ हजार ३ सय १५ मूल्यमा खरीद बिक्री भएको छ । कारोवार रकम आइतबार र सोमबारको तुलनामा भने बढी हो । 

आइतबार शेयर  १६ करोड ७० लाख ४९ हजार ६ सय ८४ र सोमबार  १९ करोड १७ लाख ४८ लाख १ सय २० बराबरको खरीद बिक्री भएको थियो । स्टकका अनुसार मंगलबार तीन उपसमूहको शेयर बढेको छ । त्यसमा होटल ३२.३४, निर्जीवन बीमा ११.०५ र अन्य समूह २.४१ रहेका छन् । बैंकिङ ०.७७, विकास बैंक १.३१, जलविद्युत् ४.९६, वित्त क्षेत्र ४.०३, उत्पादन २४.४२, माइक्रोफाइनान्स १०.८१ र जीवन बीमा समूहको शेयर ३८.८३ बिन्दुले घटेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?