काठमाडौं । चलचित्र ‘कायरा’ पहिलो हप्तामा नेपालका विभिन्न हलमा चलिरहेको छ । तर फिल्मले सोचेजस्तो व्यापार भने गर्न सकेको छैन । त्यसो त यस वर्ष सबैभन्दा राम्रो ओपनिङ गरिएको फिल्म पनि भनिएको छ ‘कायरा’ लाई । तर, जुन अनुपातमा फिल्मले व्यापार गर्छ भन्ने आँकलन गरिएको थियो, त्यसबाट भने फिल्म चुकेको छ ।
किन चलेन फिल्म?
फिल्म किन चलेन भन्नेमा आ–आफ्नै धार र विचार छन् । त्यसो त हलमा चलिरहेको फिल्मलाई किन चलेन भनेर प्रश्न सोध्नु आफैमा गलत हो । तर जुन अनुपातमा दर्शकलाई हलसम्म तान्नुपर्ने हो, त्यो खुबी फिल्मले देखाउन सकेको छैन । साम्राज्ञी शाह र आर्यन सिग्देलको स्टारडमलाई हेर्ने हो भने फिल्मको व्यापार निकै नै निराशाजनक हो । यद्यपि फिल्मले शुरुवाती दुई दिनमा राम्रै व्यापार गरेको छ ।
अर्कातिर फिल्मको कथा नै यति पट्यारलाग्दो भयो कि, दर्शकले सामान्यतः फिल्मको कथा कहाँबाट कहाँ बगिरहेको छ भन्ने पनि भेउ पाएनन् । त्यो एउटा पक्ष भयो । अर्कातिर फिल्ममा आर्यन र साम्राज्ञीको अभिनय पनि खासै दमदार देखिएन । चाहिनेभन्दा लामो भएकाले पनि फिल्म पट्यारलाग्दो बन्न पुगेको छ ।
सँगसँगै फिल्म के कुरामा चुकेको दर्शकले आरोप लगाइरहेका छन् भने, यसको संवाद र पाश्र्वध्वनी । फिल्मको पाश्र्वध्वनीले फिल्मको अभिनय र स्वाद नै बिगारिदिएको छ । अर्कातिर फिल्ममा प्राविधिक त्रुटि पनि उत्तिकै छन् ।
राम्रो के छ त?
फिल्ममा नामै लिनुपर्ने राम्रो पनि खासै केही छैन । तर पनि केही दृश्य र आर्यन र साम्राज्ञीको केमेष्ट्री चाहिँ राम्रै देखिन्छ । त्यो बाहेक फिलिपिन्सका केही दृश्य पनि हेर्नलायक छन् । अझ अर्को पक्ष फिल्म लभस्टोरी फिल्म पर्नेका लागि पनि हल्काफुल्का पन पर्न सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया