काठमाडौंको भित्री एरियामा मतगणना : बालेनलाई उछिन्ने स्थापित र सिंहको आशा

लोकपथ
7.5k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा राजनीतिक दलले मतका लागि आशा गरेको कोर एरियाको मतगणना सुरु भएको छ ।

महानगरको बाहिरी एरियाकाे मतगणनाबाट अपेक्षित परिणाम आउन नसकेपछि नेकपा एमाले, नेपाली कांग्रेसलगायतका राजनीतिक दलहरु कोर एरियाको भोट कुरेर बसेका छन् ।

हाल काठमाडौं महानगर २७ को मतगणना सुरु भएको छ । जहाँ नेकपा एमालेका उम्मेदवार केशव स्थापितले आफूलाई राम्रो मत आउने अपेक्षा गरेका छन् । यता गठबन्धनबाट आएकी कांग्रेस उम्मेदवार सिर्जना सिंहले आफूले भोट पाउने ठाउँहरुमा आइरहेको भन्दै त्यतैतिर संकेत गरेकी छिन् ।

त्यसो त अन्य क्षेत्रमा भन्दा २७ नम्बर वडाबाट मत स्थापितले भोट सुधार गरेसँगै केही राम्रो हुने अनुमान गरिएको छ । वडा नं २७ मा सुरुमा १०० मत गणना गर्दा स्थापितलाई ६० मत प्राप्त भएको छ भने उनलाई चुनौती दिएर अघि बढिरहेका स्वतन्त्र उम्मेदवार बालेन साहको १२ मत आएको छ । भने यता कांग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई ४ मत मात्रै प्राप्त भएको छ ।

यो समाचार तयार पार्दासम्म स्वतन्त्र उम्मेदवार बालेन साहले २३ हजार ५ सय ८४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेद्वार केशव स्थापितले ११ हजार ४ सय ९९ मत प्राप्त गरेका छन् । भने उनलाई ११ हजार ४ सय ९९ मतसहित कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले पछ्याइरहेकी छिन् ।

हाल काठमाडौंको राष्ट्रियसभा गृहमा मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?