एजेन्सी : भारतका राष्ट्रपिता गान्धीले आफ्नो जीवनमा कहिल्यै चीनको भ्रमण नगरे पनि उनको विचारलाई आचरणमा अपनाएर एक महिलाले गान्धीलाई लोकप्रिय बनाइरहेकी छिन् ।
सन् १९२०मा मोहनदास कर्मचन्द गान्धीको लोकप्रियता बढी रहँदा चीनमा पनि उनी प्रेरणा बनिरहेका थिए ।
त्यतिखेर भारतमा बेलायती शासन थियो भने चीनमा बेलायत , अमेरिका र फ्रान्स जस्ता विदेशी शक्तिको हैकम थियो । चीनमा गृहयुद्ध जस्तो अवस्था थियो ।
भारतमा उनले स्वतन्त्रताका लागि लडिरहेका थिए । तर गान्धी चीन कहिल्यै नगएपनि उनको जीवन र गतिविधिका विषयमा करिब ९०० पुस्तक चिनियाँ भाषामा लेखिएका छन् ।
साउथ चाइना नर्मल युनिभर्सिटीका प्रोफेसर शांग छुआनयुले यस्ता जानकारी दिएका छन् ।
पूरै चीनमा गान्धीको एक मूति मात्र बेइजिंगको छाओयांग पार्कमा छ ।
तर उनको विचार र आचरणमा बाँच्न चाहनेहरू चीनमा बढिरहेका छन् ।
पूर्वी आहुई प्रान्तको हुआंग थिएन गाउँमा बसिरहेकी ५७ वर्षीया की उ पेइले गान्धीका लेखहरूलाई चिनियाँ भाषामा अनुवाद मात्रै गरिरहेकी छ्रैनन् आफू पनि सोही आचरणमा जीवन बाँचिरहेकी छिन् ।
उनी शाकाहारी छिन् , पुरानो लुगा लगाउँछिन् र वासिंग मेसिनको प्रयोग गर्दिनन् । गान्धीको विचारलाई फैलाउन उनले एक स्कूल गाउँमै खोलिन् ।
उनी भनिछन्“ गान्धीको सिद्धान्तको बारेमा सीधै नभएर विद्यार्थीहरूलाई सबै जीवसँग प्रेम गर भनेर सिखाउँछु ।गाउँका लागि राम्रो गर, फोहर जम्मा पार, एक्लै भएकाहरूसँग भेट्न जाउँ जस्ता शिक्षा दिन्छु ।”
९ सय वर्ष पुरानो यो गाउँमा १ सय वर्ष पुरानो घरमा यो स्कूल सञ्चालन गरिएको छ । उनले विद्यार्थीहरूलाई पृथ्वीसँग सम्बन्ध बनाउन सिकाउने गरेकी छिन् ।
यो स्कूलमा पढने बालबालिकाहरूका आमाबाबु पनि आफ्ना सन्तानको व्यवहारबाट खुश छन् । गान्धीको आचरण अपनाएर बाँचिरहेकी की उ पेइको जन्म संघाई शहरमा भएको थियो ।
उनले भौतिकशास्त्रमा स्नात्तकोत्तर गरेकी छिन् । सन् २००२मा भारतीय वक्ताको भाषण सुनेपछि उनी गान्धीको विचारबाट प्रभावित हुन पुगेकी थिइन् । उनले गान्धीको किताबलाई चिनियाँमा अनुवाद गर्न थालिन् ।
धरतीले मानिसहरूको माग पूरा गर्न सक्छिन् तर मानिस यसमा लोभ नगरोस भनि गान्धीको उपदेशले मलाई गहिरो प्रभाव पारेको उनले जनाइन् । उनी गान्धीको जन्मस्थानको भ्रमण गर्ने इच्छा पालेकी छिन् ।
गान्धी चीन नगएपनि चिनियाँ नेता चियांग काई शेक गान्धीसँग भारत भेट्न पुगेका थिए ।
प्रोफेसर शांग छुआनयुका अनुसार चीनमा गान्धीको व्यक्तित्वको बारेमा लोकप्रियता बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया