एजेन्सी : नेपाल र भारतका सुरक्षाअधिकारीहरूबीच सीमा सुरक्षासम्बन्धी विषयमा छलफल भइरहेको छ ।
नेपाल भारत समन्वयसमितिको तेस्रो बैठकका क्रममा दुई देशबीचका सुरक्षा अधिकारहरूबीच आपराधिक गतिविधिका बारेमा सूचना आदानप्रदानसम्बन्धी विषयमा छलफल हुने भारतीय गृहमन्त्रालयले जनाएको छ ।
नेपाल सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनालको नेतृत्वमा सात सदस्यीय एक प्रतिनिधिमण्डल तीन दिने बैठकमा सरिक हुन नयाँ दिल्लीमा छ ।
आइजीपी खनालले भारतको संघीय गृहसचिव राजिव गउबासँग मंगलबार भेट गरेका थिए । गृहसचिव गउबाले दुई देशबीचको ऐतिहासिक सामाजिक, व्यापारिक सांस्कृतिक साझेदारीलाई जनता जनताबीच सघन पार्नुपर्ने आवश्यकतामा जोड दिएका थिए ।
प्रतिनिधि मण्डलले केन्द्रीय औद्योगिक सुरक्षा बलको प्रधानकार्यालयका निरीक्षण भ्रमण गरेको र त्यहाँका बरिष्ठ अधिकारीहरूसँग अन्तरक्रिया गरेो थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया