एजेन्सी : यो वर्षको पहिलो अर्धवार्षिकमा चीनले २८.३ अर्ब अमेरिकी डलर बराबरको चालु खाता घाटा भएको जनाएको छ ।
अमेरिकासँग व्यापार युद्ध लडिरहेका बेला विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनमा यो घाटा २० वर्षयताकै पहिलो पटक देखिएको हो ।
सन् २०१८को जनवरी देखि जुनसम्मको अवधिमा यो चालु खाता घाटा आँकलन गरिएको स्टेट एडमिनिस्ट्रेशन फरेन एक्सचेन्जले जनाएको छ ।
यद्यपि चीनको वस्तु व्यापार बचत पहिलो अर्धवार्षिकमा १५५.९ अर्ब अमेरिकी डलर देखिएको छ ।
गत वर्ष चीनको कुल गार्हस्थ्य उपत्पादन ६.९ प्रतिशतले बढेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया