एनफिल्ड । प्रि-सिजन भ्रमणको अन्तिम खेलमा इंग्लिस क्लब लिभरपुल विजयी भएको छ ।
मंगलबारराति सम्पन्न भएको खेलमा लिभरपुलले इटालियन क्लब टोरोनोलाई ३—१ गोल अन्तरले पराजित गरेको हो । जितसँगै लिभरपुलले प्रि—सिजनको अन्त्य गरेको हो ।
खेलको २१ औं मिनेटमा लिभरपुलका लागि फिर्मिनोले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाएका थिए । उनले मोहम्मद सलाहले दिएको पासलाई सदुपयोग गर्दै गोल गरे ।
२४ औं मिनेटमा फिर्मिनोको पासमा विज्नल्डमले गोल गरे । त्यस्तै, ३१ औं मिनेटमा टोरिनोका एन्द्रिया बेलोट्टीले गोल गर्दै खेललाई २—१ स्थितीमा ल्याए ।
खेलको पहिलो हाफसम्म २ गोलले अगाडि रहेको लिभरपुलका लागि ८७ औं मिनेटमा ड्यानियल स्टुरिजले गोल गर्दै खेललाई ३—१ को स्थितीमा पुर्याए । निर्धारित समयसम्म टोरोनोले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन् र खेल ३—१ ले हार्यो ।
लिभरपुलले यसअघि प्रि–सिजनमा नपोली, म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीलाई पराजित गरेको थियो । यहि आइतवारबाट लिभरपुलले वेस्टह्यामसँग खेल खेल्दै इंग्लिस प्रिमियर लिग शुरु गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया