एजेन्सी । र्इन्डोनेशियाको लम्बक टापुलार्इ केन्द्रबिन्दु बनाएर गएको ७ रेक्टरस्केलको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या एक सय ३१ पुगेको छ ।
आर्इतबार राती गएको भूकम्पका एक लाख ५६ हजार मानिसहरु विस्थापित भएका छन् । सफा पानी, खाना र औषधिको पनि कमी भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
गम्भीर घाइते भएका २,५०० मानिसहरुलाई अस्पतालमा भर्ना गरिएको छ।
त्यस क्षेत्रको ८० प्रतिशत भवनहरू क्षतिग्रस्त र नष्ट भएको अधिकारीहरु बताउछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया