आपूर्ति मन्त्री यादवद्वारा प्रोबायोटेक इण्डष्ट्रिजमा छापा

वीरगञ्ज । निम्बस ग्रुपद्वारा सञ्चालित प्रोबायोटेक इण्डष्ट्रिज प्रालिमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको टोलीले छापा हानेको छ । 

उद्योग मन्त्री मातृकाप्रसाद यादवको टोलीले वीरगञ्ज पथलैया सडकखण्डको गण्डक चोक नजिकै लिपनीबिर्तामा रहेको उद्योगमा बुधबारे छापा हानेको हो ।

प्रोबायोटेक इण्डष्ट्रिज प्रालिले रिफाइनरी, सोयाबिन, सन फ्लावरको खाने तेल उत्पादन गर्दै आएको छ । उद्योगले उत्पादन गर्ने तेलमा मिसावट हुने गरेको गुनासो आएपछि मन्त्री यादवले उद्योगको अनुगमन गर्नुको साथै उद्योगले उत्पादन गर्दै आएको तेलको नमूना परीक्षणका लागि लिएर गएका थिए ।

मन्त्री यादवका स्वकीय सचिव सन्तोष विष्टले भने नियमित अनुगमनको क्रममा प्रोबायोटिक इन्डष्ट्रिजमा मन्त्री यादव गएको बताए । 

उद्योगमा छापा हानेपछि मन्त्री यादव सिमरा विमनस्थल हुँदै काठमाडौं र्फकेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?