वान म्यान आर्मी हुनु परेको छ : कप्तान पारस खड्का

काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काले कीर्तिपुरस्थित त्रिवी मैदानमा एक दिवसीय खेल खेल्न सक्ने बताएका छन् । 

तर, त्यसका लागि पहिले आईसीसीका पदाधिकारीहरु आएर ‘ओडीआई’ को मान्यता दिए नेपालमा नै एक दिवसीय सिरिज खेल्न सक्ने कप्तान खड्काले जानकारी दिए ।

नेपाल क्रिकेट संघ ‘क्यान’ आइसीसीले निलम्बनमा परेपनि 'ओडीआई' आयोजना गर्न कुनै समस्या नभएको पनि उनले जानकारी दिए । 

‘म शक्तिशाली व्यक्ति होइन, एक जिम्मेवार पोजिशनमा छु  । ‘क्यान’ नहुँदा मैले नै टोलीको छनोट गरेको थिएँ । मेरो पहिलो प्राथमिकता भने राष्ट्रको लागि राम्रो खेल्ने नै हो ।'

‘हामीले अहिलेपनि कुनै क्याम्प गर्दा टिमको म्यानेजरको माध्यमबाट आइसीसीसँग समन्वयन गरिरहेका छौं । ओडीआई खेल सञ्चालनका लागि पनि नेपालले चाहे अवश्य आयोजना गर्न सकिन्छ । हामीले यसअघि हङकङ र नेदरल्याण्ड्सको ग्राउण्डमा खेल खेलिसकेका छौं । त्यसैले त्रिवी मैदानले पनि ओडीआई आयोजना मान्यता पाउन सक्छ।’ उनले भने । 

‘नेपालले पहिलो ओडीआई म्याच नेदरल्याण्ड्समा खेल्दा नेपाली समर्थकले प्रत्यक्ष खेल हेर्नै पाएनन् । सबैले टिभी, अनलाइन साइटमार्फत गेम्सको लाइभ हेर्दै समर्थन पनि गरे होला । त्यसैले हामी सबैले आशा गरौं आगामी दिनमा हुने ओडीआई नेपालमा नै खेल्न पाऊँ ।’ उनले थपे । 

नेपालमा ‘क्यान’ निलम्बनमा परेसँगै कप्तान पारसले नेपाली क्रिकेटले गर्ने सबै कार्य गर्दै आइरहेका छन् । मैदानभित्र टोलीको कप्तान र बाहिर नेपाली क्रिकेट संघले गर्नुपर्ने सबै काम उनैले गर्दै आइरहेका छन् । 

‘म शक्तिशाली व्यक्ति होइन, एक जिम्मेवार पोजिशनमा छु  । ‘क्यान’ नहुँदा मैले नै टोलीको छनोट गरेको थिएँ । मेरो पहिलो प्राथमिकता भने राष्ट्रको लागि राम्रो खेल्ने नै हो । त्यसपछि  एसीसी, आईसीसीसँग सहकार्य गर्दै काम गरिरहनु परेको छ । म चाहन्छु नेपाली क्रिकेटको विकास होस ।’ कप्तान खड्काले भने । 

एक खेलाडी त छँदैछ, उनले नेपाली क्रिकेटको व्यवस्थापन पक्ष पनि सम्हालिरहेका छन् । 

‘म जब खेलाडी भएर मैदान छिर्छु, त्यतिबेला म एकदमै खुशी हुन्छु । त्यतिबेला म आरामले कुनै टेन्सन नलिइ खेल खेल्छु । तर, त्यस पश्चात् जब खेल सकाएर बाहिर आउँछु त्यतिबेला मलाई तनाव हुन्छ । खेलाडीहरुलाई कसरी म्यानेज गर्ने, क्याम्प कति बेला गर्ने, टिमको टुर कहाँ कहिले गर्ने, यो मेरो लागि निक्कै चुनौतीपूर्ण छ ।’ उनले भने । 

पारसले नेपाली क्रिकेट खेल्न थालेको १५ वर्ष नाघिसक्यो । सन् २००९ मा कप्तानीको भूमिका पाएको खड्काले विगत चार वर्षदेखि क्रिकेट खेलले निक्कै सफलता हात पारेको पनि बताए ।

'क्यान'सँग सम्बन्धित व्यक्तित्वहरुले आगामी दुई तीन महिनाभित्रका गल्तीलाई स्वीकार्दै नयाँ क्रिकेट संघ बनेमा अझ यो खेलले माथिल्लो स्थान र स्तर हात पार्नेमा ढुक्क रहेको समेत जानकारी दिए । 

नेदरल्याण्ड्सविरुद्ध दुई एक दिवसीय खेल खेल्दै यसैसाता मात्र नेपाली टिम स्वदेश फर्किएको थियो । पहिलो 'ओडीआई'मा नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको नेपाली टिम दोस्रो खेलमा भने १ रनले विजयी भएको थियो ।

अहिले नेपाली क्रिकेट खेलाडी एशिया कप छनोटको तयारी गरिरहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?