जनप्रतिनिधिको सेवासुविधामा फेरबदल हुन सक्ने

 झापा–प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जनप्रतिनिधिको सेवासुविधामा फेरबदल हुन सक्ने बताएका छन् ।

जिल्ला समन्वय समिति झापाले आज आयोजना गरेको तीनदिने ‘न्यायिक अधिकारसम्बन्धी तालीम’को उद्घाटन गर्दै उनले प्रदेश सरकारको पूर्ण व्यवस्थापन भएसँगै जनप्रतिनिधिको सुविधाका बारेमा फेरबदल हुन सक्ने बताए ।

मन्त्री कार्कीले नागरिकको हितमा काम गर्न स्थानीय सरकारले थप रचनात्मक योजना ल्याउनुपर्नेमा जोड दिदैं नागरिकले चाहेजस्तो सेवासुविधा स्थानीय सरकारले दिनुपर्ने बताए ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले स्थानीय तहको न्याय सम्पादनलाई सहज बनाउनका लागि तालीम आयोजना गरिएको जानकारी दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?