काठमाडौं । ८ जेठ २०७९,आइतबार । तद्नुसार मे महिनाको २२ तारिक २०२२ । ज्येष्ठ कृष्णपक्ष सप्तमी आजको दिनलाई रविसप्तमी पनि भनिन्छ । वब करण, धनिष्ठा नक्षत्र, ब्रह योग, चन्द्रम मकर राशिमा छ ।
आज बिहान सूर्योदय ५ः१२ मा भएको छ भने सूर्यास्त ६ः४९ मा हुनेछ । आजको देवता ब्रम्हा र ग्रहदेव मंगल रहेको छ । आज ११ः३४ देखि १२ः२८ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभकार्य गर्न सकिन्छ । आजको दिन विहान सूर्योदयको दर्शन गरेर कार्य गर्दा साताका सबैदिन शुभ हुनेछ । आइतबारलाई आदित्यबार भनिन्छ । आइतबारको दिन सिर्जनात्मक कामका ध्यान दिदा शुभ हुनेछ ।
मेष (चु चे चो ला लि लु ले लो अ) स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला । मनमा अनेक सोच र चिन्ता हुनसक्छ । त्यसैले मेष राशिका जातकले सकारात्मक सोच राख्नुहोला । आज आकस्मिक संकट आउनसक्ने छ । आर्थिक व्यय हुनेछ । आजको दिन नियमित कार्यबाहेक नयाँ काम नगर्दा वेश हुनेछ ।
वृष (इ उ ए ओ वा वि वु वे वो) आजको दिन तपाईंलाई अर्थलाभ हुनेछ । व्यापारबाट आर्थिक लाभ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा ख्याल राख्नुहोला । तपाईको मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ ।
मिथुन (क कि कु घ ङ छ के को ह) धनलाभ र नयाँ सुखद खबरले तपाईंलाई खुसियाली हुनेछ । आजको दिन नयाँ काम गर्दा सफलता प्राप्त हुनेछ । आजको दिन सोचअनुसारको काम हुनेछ । बिहान सूर्यनारायणको दर्शन गरेर आज गरेका तमाम कार्य सफलता हुनेछ । कसैसँग विवाद नगर्नुहोला ।
कर्कट (हि हू हे हो डा डि डु डे डो) आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्रामा बाधा आउनसक्छ । तपाईंले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । त्यसैले आजको दिन सोच विचार गरेर मात्र निर्णय गर्नु वेश हुनेछ । नियमित काम बाहेक अन्य नयाँ कामको लागि दिन उपयुक्त छैन ।
सिंह (मा मि मु मे मो टा टि टु टे) सिंह राशिका जातकले आइतबारको विहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला । तपाईंलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन मौन रहेक आफ्नो कार्य गर्नुहोला ।
कन्या (टो प पी पू ष ण ठ पे पो) आजको दिन छोटो दुरीको यात्रा हुनसक्छ । नयाँ भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । कुनै कन्यालाई फल र दक्षिण दिनुभयो भने तपाईलाई उनको आशीर्वादले तपाईका लागि सकारात्मक सोच बढ्ने छ ।
तुला (रा री रु रे रो ता ती तु ते) सोच अनुसारको काम नहुँदा चिन्ता हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार ब्यबसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई हानीहुनसक्छ । यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ । आत्तिनु र दुःखी हुन भन्दा पनि सकारात्मक सोच राखेर अघि बढ्नु होला ।
वृश्चिक (तो ना नि नु ने नो या यि यु) आजको दिन बिहान सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईंले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । कसैलाई पनि तपाईबाट हानी हुने काम र मनमा दोष लाग्ने काम नगर्नुहोला।
धनु (ये यो भा भी भु ध फा ढ भे) सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । तपाईको सोचअनुसार काम हुनेछ । कसैलाई पनि अपवचन नबोल्नु होला । आजको दिन बिहान सूर्योदयको दर्शन गरेर मात्र काम गर्नुहोला । सूर्यनारायणलाई जल अर्पण गर्नुहोला ।
मकर (भो जा जी जू जे जो ख खि खु खे खो गा गी) ब्यापारबाट लाभ हुनेछ । परिवार र आफन्तजनको साथ सहयोगबाट तपाईले नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जा थपिने छ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्मयात्रामा हिडिरहेकाहरुलाई नसोचेको सम्मान मिल्नसक्छ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।
कुम्भ (गु गे गो सा सी सु से सो द) कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । तपाईलाई हौसला दिनेछन् । सामाजिक काममा मन जानेछ ।
मीन (दी दु थ झ ञ दे दो च ची) बिहानै सूर्योदयको दर्शन गरेर आज दिनको शुरुवात गर्नुहोला । काममा सकारात्मक सोच आउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने मीन राशिका जातकले आजको दिन बिहान अध्ययन अध्यापनको काममा लाग्नु भयो भने तपाईको उन्नती, प्रगति हुँदै जानेछ । आजको दिन साताभित्रको योजना बनाएर काम गर्नुहोला ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया