ध्यानको बजार अर्बौ डलरमा विस्तार हुँदै

एजेन्सी: ध्यान वा मेडिटेशनको बजार दुनियामा तीव्रगतिले विकास भइरहेको छ ।

यसको उपयोग विश्वका ठूला कम्पनीहरूले आफ्ना कामदार र कर्मचारीलाई मानसिकरूपमा स्वास्थ्य राख्न गरिरहेका छन् ।

तर ध्यानले भनिएजस्तो फाइदा दिने गरेको छ छैन भन्ने विषयमा पनि अध्ययन अनुसन्धान भइरहेको छ ।

ध्यानले अब धर्मको सीमालाई नाघेको छ । यसलाई तनाव कम गराउन र एकाग्रता बृद्धि गराउन उपयोग गरिन्छ ।

एक अध्ययन अनुसार सन् २०१९ अमेरिकामै मात्र ध्यानको व्यवसाय १ अर्ब १५ करोड अमेरिकी डलर बराबारको फैलिएको छ ।

गुगल र नाइकी जस्ता कम्पनीले आफ्ना कर्मचारीहरूको तनाव कम गर्न ध्यानका कार्यक्रम आयोजना गराउने गरेका छन् ।

यस्ता कम्पनीहरूले ध्यानको आयोजना गराउनुको पछाडि उनका कर्मचारी मानसिकरूपमा स्वस्थ्य रहुन र काममा अनुपस्थित नहोउन भन्ने उद्देश्य रहेको छ ।

तर यससम्बन्धी एक अध्ययनले ध्यानबाट कर्मचारीलाई काम गर्न प्रोत्साहन गराउने सबैभन्दा बलियो उपाय नभएको तथ्य फेला परेको दाबी गरेको छ ।

मिनिसोटा विश्वविद्यालयमा बजार शास्त्रका प्रोफेसर क्याथलिन बोहसले भनिन्“ ध्यान साधनामा वर्तमानलाई स्वीकार गरिन्छ ।

जब हामी केही नयाँ गर्ने वा नयाँ लक्ष्य हासिल गर्न प्रोत्साहनको कुरो गर्छौ तब त्यसमा वर्तमानलाई अस्वीकार गरिन्छ । यो ध्यानको उल्टो हो ।”

क्याथलिनले आफ्नो कुरो पुष्टि गर्न प्रयोग गरिन् । एक ध्यान गुरूले १०९ जना सहभागीलाई ध्यान गर्न सामान्य निर्देश दिए ।

एक अर्को समूहलाई आफ्नो मनलाई कुनै बिन्दुमा केन्द्रित गर्नुको साटो दिमागलाई खुला छोड्न भनियो ।

१५ मिनटको पहिलो सत्रमा सबै सहभागीहरूलाई समस्या सुल्झाउन वा कुनै  पत्रको भाषालाई शुद्ध गर्न जस्तो सामान्य काम गर्न दिइयो ।

त्यसपछि उनीहरूलाई दिइएको नयाँ कामका बारेमा कतिको उत्साह छ भनि सोधियो ।

बोहस र लिस्बन स्कूल अफ बिजनेस एन्ड इकोनोमिक्सका उनका सहयोगी एन्डरू ह्याफेनब्रेकले ध्यान गर्नेहरू अर्को समूहको तुलनाम कम उत्साहित रहेको पाएका थिए ।

भविष्यका बारेमा उनीहरूको विचार सीमित रहेको पाइएको थियो ।

उनीहरूका अनुसार ध्यानले नयाँ लक्ष्यमा बाधा उत्पन्न गराउन सक्छ । उनीहरू अनुसार यसको फाइदा काल्पनिक हो ।

तर लभरपुल जान मूर्स यनिभर्सिटीका मनोवैज्ञानिक र ध्यान अनुसन्धान प्रयोगशालाका निर्देशक पिटर म्यालोनोभ्स्कीले यो तर्क मानेका छ्रैनन् ।

उनले भने “ उनीहरूले यस्तो मानिसहरूमा प्रयोग गरे जसले पहिले कहिल्यै ध्यान लगाएको थिएन । यस्तोमा उनीहरू ध्यानबाट ताजा भएको मान्नु गलत हुनेछ ।”

उनीहरूले ध्यानजस्तो एक प्रोग्य्राम बनाए र केही समय ध्यान गराउने प्रयास गरेका हुन् । दुबै स्थिति एक जस्तो छैन् ।

जर्मनी र निदरल्यान्डमा भएका ध्यानसम्बन्धी प्रयोगबाट तनाव घटाउन बलियो उपाय भएको पाइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?