अार्इतबारदेखि नयाँ नेपाल लघुवित्तको २५०% हकप्रद

काठमाडौं : नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले अार्इतबारदेखि अाफ्ना शेयरधनीलार्इ २५०% हकप्रद बिक्री गर्ने भएको छ । 

साउन ३१ गतेसम्म भर्न सकिने यो हकप्रदका लागि साउन ६ गतेसम्म यो संस्थाको शेयरधनी भर्इसकेको हुनुपर्ने बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जानकारी दिएको छ। 

यो लघुवित्तको १ कित्ता शेयर हुने शेयरधनीले २.५ कित्ता हकप्रद शेयर भर्न पाउनेछन् । प्रतिकित्ता १ सय रूपैयाँ अंकित मूल्यका दरले नयाँ नेपालले ५ लाख कित्ता हकप्रद बेच्न लागेको हो ।

हकप्रदका लागि बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको नागपोखरी काठमाडौं स्थित कार्यालय तथा एनएमबि बैंकका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन संस्थाले जानकारी दिएको छ । यसैगरि, देवः विकास बैंकको धुलिखेल शाखा तथा गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक र कुमारीपार्टी शाखाबाट पनि आवेदन दिन सकिने छ । 
 
सेन्ट्रल फाइनान्सको कुपण्डोल र चाबहिल शाखा एवं पूँजीबजार नियामक नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागी सबै वित्तीय संस्थाबाट पनि हकप्रद भर्न बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?