तेह्रथुममा कृषि मल अभाव

तेह्रथुम : खेतीबाली उत्पादनका लागि रासायिनिक मलमा निर्भर हुँदै गएका जिल्लाका किसानले अावश्यक मल नपाएको बताएका छन् । 

बाली लगाउने र गोडमेल गर्ने समयमा मलको अभाव भएको भन्दै किसानहरूले चिन्ता प्रकट गरेका छन् । 

जिल्लास्थित मल अापूर्ति तथा अनुगमन समितिको सिफारिसमा हरेक बर्ष मल ढुवानी तथा बिक्री हुँदै अाएपनि यो  पटक समिति निष्क्रिय देखिएको छ । जिल्ला कृषि विकास कार्यालयमातहतको यो समितिको कार्यालय सञ्चालनका लागि केन्द्रले कुनै सेवा सुविधा नदिएकाले मल ढुवानीको काम नभएको सरकारी कर्मचारीहरूले बताएका छन् । 

हाल सरकारले किसानलाई आवश्यक पर्ने रासायनिक मलहरु कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कम्पनीहरुमार्फत अनुदानमा बिक्री-वितरण गर्दै अाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?