एजेन्सी : भान्सा भान्सामा पाइने बेसारले क्यान्सरका कोषहरूलाई मार्ने गरेको वैज्ञानिकहरूले बताएका छन् ।
काँचो मासुमा बेसारको प्रयोग गर्दा यसका किटाणुहरू समाप्त पार्ने विषय सबैलाई जानेबुझेको विषय हो ।
वैज्ञानिकहरूले कुरकुमिन बेसारमा प्राकृतिकरूपमा पाउने गरेको र यो क्यान्सरका कोषलाई मार्न प्रभावकारी तत्व भएको पत्ता लगाएका छन् ।
कुरकुमिनलाई फर्मास्यिुटिकल साइन्समा फल्स लिड भनिन्छ ।
अमेरिकाको अर्बाना क्याम्पेनस्थित इलिनोस युनिभर्सिटीका प्रोफेसर डिपान्जन पानले जनाए अनुसार यो कुरकुमिन पानीमा सजिलै घुल्दैन् ।
पानसँग काम गर्ने सन्तोष मिश्रले भने “तपाईलाई कसैले औषधि दिन्छ भने यो पानीमा घुल्ने हुनुपर्छ अन्यथा यो रगतमा प्रवाहित हुँदैन् ।”
उटा युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले कुरकुमिनलाई घुलनशील बनाउन प्लाटिनमलाई मेटालोसाइक्लिक जटिल प्रविधिबाट प्रयोग गरेका छन् ।
क्यान्सरलाई निको पार्न कुरकुमिन र प्लाटिनमलाई भिन्न प्रकारलाई प्रयोग गरिन्छ ।
कुरकुमिनले स्टाट थ्रीको फोसफोरिलेशनलाई रोकथाम गरेको देखिएको छ ।
यो क्यान्सरलाई बढाउन सहयोग गर्छ । प्लाटिनम कुरकुनिमको समन्वयले क्यान्सरका कोषलाई मार्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया