चीनद्वारा तीन सन्तानको नीति अंगीकार गरिने

एजेन्सी : चीनले तीन सन्तानको नीति अंगीकार गर्न सक्ने देखिएको छ ।

सन् २०१६मा दशकौंको एक सन्तान नीतिलाई हटाएर जोडीहरूलाई दुई सन्तान पाउने अनुमति दिन सक्ने नीति चीनले ल्याएको थियो ।

चीनमा बुढाबुढीहरूको संख्या धेरै भएको देखिएको छ ।

यो समस्या हटाउन चीनले तीन सन्तानको नीति ल्याउनुपर्ने आवश्यकता  देखिएको छ ।

सन् २०१९मा सुगुर छापको हुलाक टिकट ल्याएर यो वर्षलाई  सुगुर वर्षको रूपमा मनाउन खोजेको छ ।

सुगुरका तीन बच्चा सुखी परिवारको रुपमा बुझिन्छ ।

यसअघि चीनले दुई बच्चा भएको बाँदर वर्ष हुलाक टिकट चलाएको थियो ।

चीनमा ६० वर्ष उमेर समूहका मानिसहरूको संख्या २३ करोड ८० लाख रहेका छन् । यो देशको १६.७ प्रतिशत जनसंख्या हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?