दोस्रो पटक कोरिया जान चाहँने लागि भाषा परीक्षा मिति तय

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) प्रणाली अन्तर्गत कोरियाबाट काम गरी फर्केका कामदारका लागि दोस्रो पटक जान लिइने भाषा परीक्षाको मिति तोकिएको छ ।

वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखाले आगामी भदौ ८ गते कम्प्युटरमा आधारित दोस्रो चरणको कोरियन भाषा विशेष परीक्षा अथवा सिबिटी सञ्चालन गर्ने जनाएको छ ।
शाखाले पहिलो चरणको कम्प्युटरमा आधारित भाषा परीक्षा गएको वैशाख १७ गते सञ्चालन गरेको थियो । 

यसैबीच सन् २०१८ को कोरिया भाषा परीक्षा पास गरेका कामदारहले भदौ ४ देखि ११ गतेसम्म मीनभवनमा रहेको निजामती अस्पताल, टेकुको शुक्रराज ट्रपिकल अस्पताल, लगनखेलमा रहेको पाटन अस्पताल र थिमीको कोरिया नेपालमैत्री अस्पतालमा स्वास्थ्य परीक्षण गर्न सक्ने इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।

गत जेठ २६ र २७ गते लिइएको नवौं कोरियन भाषा परीक्षामा ७ हजार ९ सय ९६ जना पास भएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?