स्पेन । बेल्जियमका गोलरक्षक थिवाउट कौटियर्स स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध भएका छन् ।
इंग्लिस क्लब चेल्सीबाट गोलरक्षक कौटियर्स स्पेनिस क्लब रियल म्याड्रिडमा अनुबन्ध भएका हुन । रियल म्याड्रिडले कौटियर्सलाई ३५ मिलियन पाउण्डमा ६ वर्षसम्मका लागि क्लबसँग सम्झौता गरेका हुन ।
रियल म्याड्रिडले बिहीवार सान्टियागो र्बाबेउमा कौटियर्सलाई सार्वजनिक गर्ने कार्यक्रम रहेको बताइएको छ । रसिया विश्वकप फुटबलका दौरान गरेको प्रर्दशनलाई मध्यनजर गर्दै रियल म्याड्रिडले कौटियर्सलाई क्लबमा आबद्ध गर्ने इच्छा व्यक्त गरेको थियो ।
२६ वर्षे कौटियर्स सन् २०११ मा जेन्कबाट चेल्सीमा अनुबन्ध भएका थिए ।
त्यसपछि कौटियर्स लोनमा एट्लेटिको म्याड्रिडमा पुगेपछि सन् २०१५ मा पुनः चेल्सी फर्किएका थिए ।
चेल्सीले कौटियर्सको स्थानमा एथ्लेटिको बिल्वाओका गोलरक्षक केपा अरिजाब्लागालाई विश्व कीर्तिमानी मुल्य ७१ मिलियन पाउण्डमा अनुबन्ध गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया