काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षमै दुई अर्ब बढी डलर गुमाउनु नेपालजस्तो देशका लागि क्षतिपूर्ति गर्न कठिन हुने बताएका । आइतबार नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् ।
उनले कोभिडकालमा उद्यमशीलता जोगाएर व्यापारमा रिभाइव हुन लिएको कर्जाको कारण यो समस्या आएको बताए । गभर्नर अधिकारीले विश्वभर उत्पादनको तुलनामा उपभोग बढिरहेको र यो ग्यापको असर सबैतिर परेको उनले बताए । उनले हाम्रो अर्थतन्त्र आयातमा आधारित भएकाले आयातसँगै मूल्यवृद्धि भएको बताए । आयातित र आन्तरिक मूल्यवृद्धिको अन्तरको अध्ययन भइरहेको उनले बताए ।
मूल्यको असर आयातमा धेरै देखिएको उनको भनाइ छ । गभर्नर अधिकारीले इन्धनको आयात वर्षभर भएको अघिल्ला वर्षहरुको आयातभन्दा यस आर्थिक वर्षको नौ महिनामा नै बढी वस्तु आयात भएको बताए । यसको असर क्रमसः उपभोक्तामा परेको बताए । विगतमा मौज्दातमा रहेको पुँजीबाट आन्तरिक अर्थतन्त्र चलाएको र अहिले संचितीमा परिपुरण हुन नसक्दा सबै क्षेत्रमा चाप देखिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया