काठमाडौं । प्रभु ग्रुपले नेपालमा ‘प्रभु पे’ नामक डिजिटल वालेटको सुरुवात गरेको छ ।
बिहीबार एक समारोहकाबीच प्रभु गु्रपका अध्यक्ष देवी प्रकाश भट्टचनले ‘वालेट अब मोबाइल’मा भन्ने नारा सहित ‘प्रभु पे’ डिजिटल वालेटको प्रयोग गरी सेवाको सुरुवात भएको जानकारी दिए । प्रभु पे डिजिटल वालेट आफ्नो मोबाइलमा डाउनलोड गरेपछि पैसासँग सम्बन्धित सम्पूर्ण कार्यहरु त्यसैबाट गर्न सकिने उनले बताए ।
वित्तीय संस्थाको खाताबाट पैसा ट्रान्सफर, बिजुली, पानीको बिल भुक्तानी, किनमेलमा पैसा तिर्न, मोबाइल रिचार्ज गर्न यो एपले सहयोग पुग्ने छ । यो एपबाट अनलाइन मात्रै नभई युनियन पे र इच् ऋयमभ स्क्यानमार्फत पनि पैसा तिर्न सकिन्छ ।
प्रभु पेले नियमित ग्राहकलाई १० लाख रुपैयाँको दुर्घटना बीमाको सुविधा पनि दिने अध्यक्ष भट्टचनले जानकारी दिए ।
प्रभु ग्रुप अन्र्तगत बैंक, इन्स्योरेन्स, मनि ट्रान्सफर, हेलिकप्टर, प्रभु टिभी र सूचना प्रविधि र व्यवस्थापन सम्बन्धी विभिन्न कम्पनी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया