काठमाडौं । रिभर फल्स पावर कम्पनी लिमिटेडको आईपीओ आज बाँडफाँट हुने भएको छ । कम्पनीले वैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म सर्वसाधारणका लागि बिक्री गरेकाे साधारण सेयर आज दिउँसाे ४ बजे प्रभु क्यापिटकाे कार्यालय, कमलादीमा बाँडफाँट गर्न लागिएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता साधारण सेयर आईपीओ निष्काशन गरेको थियो । जसमध्ये, ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५ सय कित्ता म्युचुअल फण्डका लागि , २ प्रतिशत अर्थात् ५४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका र २५ लाख ३८ हजार ९ सय कित्ताका लागि सर्वसाधारणका लागि छुट्याइएकाे थियाे ।
कम्पनीकाे आईपीओमा १८ लाख ५० हजार २ सय ७७ जना आवेदकले आवेदन दिएका थिए । मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँट गरिनेछ । गाेलाप्रथाद्वारा बाँडफाँट गर्दा भाग्यमानी २ लाख ५३ हजार ८ सय ९० जना लगानीकर्ताहरूले १० कित्ता सेयर हात पार्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया