दक्षिण पश्चिम चीनमा एक गगनचुम्बी महलमा बनाइएको विश्वकै सबैभन्दा ठूलो मानव निर्मित झरना बन्द हुने भएको हो ।
अत्यधिक खर्चका कारण झरना सञ्चालन गर्न अप्ठेरो भएसँगै बन्द गर्न लागिएको हो ।
पर्यटकबाट हुने आम्दानीले यसको सञ्चालनमा खर्चसमेत उठाउन नसकेपछि यो सेतो हात्ती बन्दै गएको हो ।
गुइयांग सहरमा बनेको १सय आठ मिटर अर्थात् ३ सय ५० फिट उचाइको टावरमा उक्त झरना रहेको छ । यो दुई वर्षअघि मात्र तयार भएको हो ।
यसलाई केवल ६ पटक मात्र सञ्चालन ल्याईएको छ ।
कम्पनीका अनुसार अग्लो टावरमा निरन्तर रुपमा टुप्पोमा पानी पूराएर झरना सञ्चालन गर्दा अत्यधिक खर्च भएपछि झरना बन्द गर्ने निर्णयमा यसका मालिक पुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया