काठमाडौं । भारतको केन्द्रीय वित्त मन्त्री अरुणकुमार जेट्लीले अण्डरवर्ड डन दाउद इब्राहिमको मुम्बईमा रहेको मसुल्ला भवनको लिलामीको लागि बोली आह्वान गरेका छन् ।
यो भवन इब्राहिम र उनको परिवारको मुम्बईको पक्मोदिया मार्गमा रहेका तीन मध्य एक सम्पत्ती हो ।
७९ लाख ४३ हजार भारुको रिजर्भ मुल्यमा मसुल्ला भवनको लिलामी अगस्ट ९ मा हुनेछ । समाचरपत्रहरुमा जारी टेण्डर सुचना अनुसार यो लिलामी ‘स्मग्लर एण्ड फरेन एक्सचेन्ज म्यानिपुलेटर (सफेमा) ऐन अन्तर्गत हुँदैछ ।
सूचना अनुसार अगस्ट ६ सम्म बुझाइ सक्नुपर्ने बैना रकमको लागि २५ लाख भारु तोकिएको छ ।
सन् २०१७ मा दाउदका अन्य तीन सम्पत्तीहरुलाई सबैभन्दा उच्च ११ करोड भारु बोलि लगाएर सइफी बुरहानी अपलिफ्टमेन्ट ट्रस्टले लिलामी जितेको थियो ।
मुम्बई, औरङ्गावाद, भलसाद, दामन, सुरत र अहेमदावादमा रहेको नौ सम्पत्तीका लागि पनि सफेमा ऐन अन्तर्गत लिलामी आह्वान गरिएको छ ।
दाउदको सम्पत्तीलाई लिलामीमा लाने कदम, २० अप्रिलमा भारतको सर्बोच्च अदालतले केन्द्रीय सरकारलाई यी सम्पत्तीहरुको स्वामित्व लिन आग्रह गरेपछि आएको हो ।
यो निर्देशन दाउदको आमा अमिन कस्कर र उनकी बहिनी हसिना पारकरले सर्बोच्च अदालतमा दायर गरेको याचिका अस्वीकृत भएपछि आएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया