तानजुङ, इन्डोनेसिया । इन्डोनेसियामा बिहीबार पुनः शक्तिशाली भूकम्प गएको छ । यसै हप्तामा गएको यो तेस्रो शक्तिशाली भूकम्प हो ।
यो भूकम्प ५.९ म्याग्नीच्यूडको मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था युएसजिएसले जानकारी दिएको छ ।
तर, सुनामीको खतरा नरहेको इन्डोनेसियाली भौगर्भिक निकायले जानकारी दिएको छ ।
यसैबीच, लोम्बोक द्वीपमा गत आइतबार गएको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको सङ्ख्या ३ सय १९ पुगेको इइन्डोनेसियाका सुरक्षा मन्त्री विरान्तोले जानकारी दिएका छन् ।
उद्धारकर्ताहरु भूकम्पको बढी प्रभावित क्षेत्रमा प्रवेश गरेलगत्तै मृतकको सङ्ख्या १ सय ६४ पुगेको यसअघि जानकारी दिइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया