के चलचित्र ‘रोमियो एण्ड मुना’ चल्न सक्थ्यो? किन भयो फ्लप?

काठमाडौं । पछिल्लो पुस्तामा आशा गरिएका निर्देशक पनि हुन् नरेशकुमार केसी । उनले निर्देशन गरेको फिल्म ‘निभ्न लागेको दियो’ ले राम्रो प्रतिक्रिया पनि पाएको थियो । तर, उनकै अर्को फिल्म ‘रोमियो एण्ड मुना’ ले भने दर्शकको ध्यान खासै तान्न सकेन । समीक्षात्मक रुपमा पनि फिल्मले दुवै खाले प्रतिक्रिया पायो ।

चल्न सक्ने फिल्म भएर पनि आखिर किन चलेन त यो फिल्म?

पहिलो कुरा त फिल्म प्रचारमा चुकेकै हो । राम्रो फिल्म बनाएर पनि निर्माण टिमले यसको प्रचारका लागि समय दिएन ।

झण्डै तीन वर्ष लगाएर बनाएको फिल्मले केही नभए पनि एक महिना बाक्लो प्रचार गर्नुपर्ने थियो । तर, धेरैलाई फिल्मको बारेमा थाहा नै भएन । फिल्म केही राम्रो थियो तर चलेन ।

अहिले फिल्ममा पनि जस्ता पायो त्यस्तै फिल्म रिलिज भइरहने कारणले गर्दा राम्रा भनिएका फिल्म घाटामा जाने गर्छन् । एउटा कारण यो पनि हो ।

अर्को कुरा, रोमियो एण्ड मुनाको कथानक त्यति बलियो बन्न सकेन ।

हुन त निर्देशक नरेश कुमार केसीले फिल्मको कथा तयार पार्न झण्डै एक वर्ष लगाएको बताएका थिए । तर पनि मन छुने कथा छान्न नसक्दा फिल्म सामान्य बन्न पुग्यो । यसकारण हेरेका दर्शकले पनि फिल्म खासै रुचाएनन् ।

यद्यपि फिल्म हेरेका केही दर्शकले मन परेको बताए । निर्मातालाई खासै नाफा दिन नसके पनि निर्देशकको काम भने फिल्ममा देखिएको छ । यसमा प्रयोग गरिएका विभिन्न मेटाफोरलाई पनि दर्शकले रुचाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?