उर्जा नोक्सानीसँग जुध्न बायोब्याट्री

एजेन्सी : ऊर्जाको नोक्सानी रोक्न बायो ब्याट्रीको उपाय खोजिएकोछ । अमेरिकी वैज्ञानिकहरूले न्यून लागतमा लोचदार र आफै बिनास भएर जाने विधिमा अधारित ब्याट्री सहज उत्पादन गरेका छन् ।

बबार्दभएर जाने ऊर्जालाई रोक्न र वातावरण मैत्रीको विकल्पको रूपमा यसको उपयोग हुनेछ ।

ब्याट्रीले हाइब्रिड पेपर र इन्जिनियरिंग गरिएको पोलिमरको उपयोग गर्नेछ ।

पोलिमर भनेको पोलि एमिक एसिड र पोलि मेलिटिक डाइहाड्राइड पी फेनाइलेनेडाइमाइन हो । यो ब्याट्रीलाई आफै बिनास भएर जाने गुण उपलब्ध गराउँछ ।

इलेक्ट्रोनिक वस्तुको बर्बादीमा नाटकीय ढंगले बृद्धि भइरहेको छ । यसको कमीमा यो महत्वपूर्ण भूमिका खेल्ने बिंगघमटनस्थित न्युयोर्क स्टेट युनिभर्सिटीका एसोसिएट प्रोफेसर सिन कोइले विश्वास व्यक्त गरे ।

यसअघिको तुलनामा यो धेरै फाइदा दिने खालको भएको उनले जनाए ।

पोलिमर पेपरको संरचना हलुका वजन भएको, न्यून लागत भएको र लोचदार हुन्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?