बंगलादेशसँग ऊर्जा लगानी सम्झौता हुँदै

काठमाडौं । सरकारले ऊर्जा क्षेत्रमा लगानी गर्न बंगलादेशलाई पनि सामेल गराउने भएको छ । नेपालको बिजुली उत्पादन भएपछि त्यसको सम्भावित ग्राहक बंगलादेश पनि हुन सक्ने देखेर सरकारलाई उसको प्रस्तावलाई स्वीकार गर्न लागेको सरकारी स्रोतको दाबी छ ।

जलविद्युत् क्षेत्रमा  प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अन्तर्गत बंगलादेशबाट ठूलो लगानी आएको देखिएको छैन् ।

जलविद्युत् क्षत्रेमा सहकार्य र सहयोग आदान प्रदानसम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर हुने भएको स्रोतको भनाइ छ ।

यसका लागि बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिद काठमाडौं आइपुगेका छन् ।

शुक्रबार विहान ११ बजेबाट नेपाल र बंगलादेशबीच मन्त्रीस्तरीय वार्ता हुनेछ र नेपालको प्रतिनिधिमण्डललाई ऊर्जामन्त्री वर्षमान पुनले नेतृत्व गर्ने कायक्रम रहेको छ ।

बंगलादेशबाट यो ऊर्जा लगानी प्रस्ताव ऊर्जामन्त्री जनार्दन शर्मा भएको बेला आएको  थियो । नेपाल र बंलादेशबीच जलविद्युमा लगानी गर्ने विषयमा समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्य त्यत्तिखेर हुन सकेको थिएन् ।

समझदारी पत्रका हस्ताक्षर भएपछि दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त संयन्त्रहरूको निर्माण हुनेछ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १९ औँ शिखर सम्मेलन बेला काठमाडौँमा ऊर्जा क्षेत्रमा सहयोग र लगानी बढाउने सहमति भएको थियो । सो सम्झौतालाई व्यवहारमा लागु गर्न नेपाल र बंगलादेशबीच यो समझदारी पत्रमा हस्ताक्षर हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?