काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणि शिवाकोटी र शंकरप्रसाद आचार्य नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शिवाकोटी र आचार्यलाई राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
राष्ट्र बैंक सञ्चालक सदस्य डा.श्रीराम पौडेल र रामजी रेग्मीको पदावधि सकिएपछि उक्त पद गत वैशाखदेखि रिक्त रहेको थियो। शिवाकोटी राष्ट्र बैंकका निवर्तमान डेपुटी गभर्नर हुन् भने आचार्य राष्ट्र बैंककै पूर्व कार्यकारी निर्देशक हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया