काठमाडौं । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो १० महिनामा नेपालले १६ खर्ब ४ अर्ब ६५ करोड रुपैयाँबराबरको वस्तु आयात गरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा १ खर्ब ७३ अर्बको वस्तु निर्यात गरेको छ ।
चालू आवको १० महिना (साउनदेखि वैशाखसम्म)मा नेपालले १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ बढी व्यापार घाटा व्यहोरेको हो । पछिल्लो १० महिनामा नेपालमा गत आवको सोही समयमा भन्दा अहिलेको १० महिनामा २४.९४ प्रतिशतले व्यापार घाटा बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया