भारतलार्इ माल्दिभ्सको कुटनीतिक झट्का, हेलिकोप्टर र सेना तत्काल फिर्ता लैजान निर्देशन

काठमाडाैं : दक्षिण एसियाली टापुराष्ट्र माल्दिभ्समाथि कुटनीतिक अाधिपत्य जमाउँदै अाएको भारतले कडा कुटनीतिक झड्का ब्यहोरेको छ । 

भारतका लागि माल्दिभ्सका राजदुत अहमद मोहम्मदले भारतबाट प्राप्त हेलिकोप्टर अाफुहरूलार्इ नचाहिएकाले सो हेलिकोप्टर र माल्दिभ्समा रहेका भारतीय सेनालार्इ तत्काल फिर्ता गर्न भारतलार्इ भनेका छन् । 

हाल माल्दिभ्समा ५० जना भारतीय सेना रहेको, तर उनीहरूको भिसा अवधि समाप्त भर्इसकेको बतार्इएको छ । तर बिना भिषा माल्दिभ्समा रहेका अाफ्ना सेनालार्इ फिर्ता गर्न भारतले अहिलेसम्म कुनै सूचना जारी गरेको छैन । यस्तै, समुन्द्री उद्दारका नाममा भारतले माल्दिभ्समा दुर्इवटा सैन्य हेलिकोप्टर पनि राखेको छ ।

हेलिकोप्टर र सेना माल्दिभ्सको भूमीमा नराख्न राजदुतले भारतलार्इ खुला कुटनीतिक दबाब दिएका छन् । हाल माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यामिन चीन समर्थक मानिन्छन् । सन् २०११ मा चीनले माल्दिभ्सको राजधानी मालेमा दुतावास खोलेको थियो । 

चिनियाँ पक्षको प्रवेशसँगै माल्दिभ्समा भारतको कुटनीतिक उपस्थिती कमजोर बन्दै गर्इरहेको छ । चीनले माल्दिभ्समा दर्जनाैं सडक, पूल र विमानस्थललगायतका ठूला परियोजना निर्माणमा सहयोग गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?