काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई २–१ ले हराएको छ ।
शनिबार राति घरेलु मैदान वर्ल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेड पउल पोग्बाको कप्तानीमा मैदान उत्रिएको थियो । पोग्बाले यो सिजनको पहिलो गोलसमेत गरे । उनले तेस्रो मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । एलेक्स सान्चेजको प्रहार रोक्ने क्रममा लेस्टर सिटीका डानिएल अमार्टेयले फउल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।पहिलो हाफको खेल १–० मा सकिए पनि दोस्रो हाफको अन्तिम समयतिर युनाइटेडले अर्को एक गोल थप्यो । ८३ औं मिनेटमा ल्युक शोवले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए ।
यसैगरी लेस्टर सिटीका लागि जेमी भर्डीले इन्जुरी समयको दोस्रो मिनेटमा एक गोल फर्काए । रिकार्डो परेराको क्रसमा उनले बललाई जाली चुमाएका थिए ।
लिग अन्तर्गत ६ खेल हुँदैछ। जसमा टोटनहमले न्युकासलसँग तथा चेल्सीले हडर्शफिल्ड सँग खेल्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया