काठमाडौं : १०४ बर्षे निरंकुश राणाशासन अन्त्य गर्न वि.सं. २००७ सालको जनक्रान्ति लडेका भोजपुर निवासी स्वर्गीय रामप्रसाद रार्इलार्इ राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ ।
रामप्रसाद रार्इ फाउन्डेशन र रामप्रसाद रार्इ स्मृति प्रतिष्ठानले प्रधानमन्त्री केपी शर्मा अोलीलार्इ शुक्रबार भेटी यसबारे अावश्यक निर्णय गर्न माग गरेको छ।
(ने.क.पा.) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा पनि रार्इलार्इ राष्ट्रिय विभूति घोषणाका लागि माग गरिएको थियो । दाहालले यसबारे निर्णय गर्ने अाश्वासन दिएपनि कार्यान्वयन गरेका थिएनन् ।
रार्इ र डा. केअार्इ शिंहले वि.सं. २००८ माघ ८ गते सिंहदरबार कब्जा गरेका थिए ।
तत्कालिन रक्षा दलले कांग्रेस, राजा र दिल्लीबीच भएको दिल्ली सम्झाैताको विरोध गर्दै भैरहवाबाट बिद्रोह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया