काठमाडौं । नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाको आइतबारदेखि २५ प्रतिशत हकप्रद सेयर खुल्ने भएको छ ।
साउन २७ गतेदेखि कम्पनीले १ः२.५ अनुपातमा ५ लाख कित्ता सेयर बेच्न लागेको हो । सय रुपैयाँ अंकित मूल्यको यो हकप्रदमा साउन ६ गतेसम्म कायम भएका सेयरधनीहरुले भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
त्यस्तै, देवः विकास बैंकको धुलिखेल शाखा तथा गुडविल फाइनान्सको हात्तिसार, डिल्लीबजार, इन्द्रचोक र कुमारीपार्टी शाखाबाट पनि आवेदन दिन सकिनेछ ।
सेन्ट्रल फाइनान्सको कुपण्डोल र चाबहिल शाखा तथा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागी वित्तीय संस्थाबाट पनि हकप्रद भर्न मिल्ने कम्पनीले जनाएको छ ।
हाल यो लघुवित्तको चुक्ता पुँजी २ करोड ४० लाख रुपैयाँ छ । हकप्रद बिक्री गरिसकेपछि भने पुँजी ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया