विश्वको पहिलो महिला शंकराचार्य पदलाई सरकारले बुझ्न सकेन : हेमानन्द गिरी

काठमाडौं । अखिल भारतीय विद्धत परिषद, धर्म महामण्डल, वल्र्ड हिन्दु परिषदले प्रथम महिला जगतगुरु शंकराचार्य पद घोषणा गरिएकी हेमानन्द गिरीले आफ्नोबारे गलत प्रचार भैरहेकोमा आपत्ति जनाएकी छन् । 

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर घोषिद शंकराचार्य गिरीले केही गतल मानसिकता भएका कथा वाचकहरुले आफ्नोबारे नकारात्मक प्रचार गरेर आफ्नो बद्नाम गर्न खोजेको आरोप लगाईन् । 

वेद, पुराण, भागवत गीता लगायतका धार्मिक ग्रन्थहरुले नारीहरुलाई शंकराचार्य नहुने भनेर कहीँ कतै नलेखेको दाबी गर्दै गिरीले भनिन्,‘मैले सनातन हिन्दु धर्मको उद्गमस्थल पशुपतिनाथमा शंकराचार्यको क्षत्रि ओड्ने चाहना राखेको थिएँ, मेरो बारेमा गलत प्रचार गरेर सरकारलाईसमेत भम्रमा पार्न खोजियो, गलत सूचना र भम्रलाई सरकारले पत्यायो र मेरो चाहनालाई प्रभावित गर्ने कार्य गरको छ ।’

आफ्नो बारेमा उठेका प्रश्नहरुका बारेमा राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्ने प्रयास गरेपनि भेट सम्भव नभएको उनको गुनासो छ । उनले थपिन्,‘पर्यटनमन्त्रीलाई भेटेर आफ्ना कुराहरु राखें । उनलेपनि प्रमाणपत्र माँगे तर कुनै जवाफ दिनुभएन, पशुपतिनाथको परिसरमा भदौ ८ गते शंकराचार्यको क्षत्रि ओड्ने भनेर सुमार्गी भवन भाडामा लिएर कार्यक्रम गर्नुपर्छ भन्नेमा पुगियो तर त्यसलाई पनि प्रभावित पार्ने काम भयो ।’

पशुपति विकास कोषले सुमार्गी भवनको ठेक्का लिने भाईलाई बोलाएर त्यो भवन हेमानन्दलाई नदिनु भनेर धम्क्याउने काम गरेको पनि उनले सुनाईन् । उनले थपिन्,‘हामीले तयारी गरेको कार्यक्रको स्थान परिवर्तन गरेका छौं, त्यसैले आज पत्रकार सम्मेलन गरेका हौं, अब हाम्रो कार्यक्रम डोलेश्वर महादेव मन्दीर भक्तपुरमा हुनेछ, उक्त कार्यक्रममा भारत, बंगलादेश, थाईल्याण्ड, युरोपका विशिष्ट व्यक्तिहरुको आगमन हुनेछ ।’

आफूले राष्ट्र र राष्ट्रियतालाई शीरमा राखेर सनातन हिन्दु राज्यबारेमा वकालत गर्दै आएको उनको भनाई छ ।

उनले थपिन्,‘म एक सन्यासीले प्राप्त गरेको विश्वको पहिलो महिला शंकराचार्य पदलाई सरकारले बुझ्न सकेन, यो विश्वका हिन्दुहरुको भावनामाथिको खेलवाड हो, यसका बारेमा जन–जनले आवाज उठाउन जरुरी छ ।’

नेपालका नारीहरुले ठूलो संघर्ष गर्न बाँकी रहेको बताउँदै गिरीले सन्यासी भएर विश्वको पहिलो महिला शंकराचार्यको पदवी पाउँदापनि हिन्दुहरुलेनै त्यसको बारेमा गलत प्रचार गरेर बसेको गुनासो पोखिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?