साउदीस्थित नेपाली दूतावासको पहलमा १८ परिवारले क्षतिपूर्ति पाए

काठमाडौँ –  साउदी अरबस्थित नेपाली दूतावासले सवारी दुर्घटनामा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति दिलाएको छ ।

दूतावासले मुद्दा लडेर  १८ जनाका परिवारलाई झन्डै ७ करोड रुपैयाँ ब्लडमनी दिलाएको हो ।

पीडित परिवारको नाममा आएको रकम दूतावासले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पाउने गरी परराष्ट्र मन्त्रालयमा पठाइसकेको छ ।

ब्लडमनी पाउनेहरुमा गोरखाका एकप्रसाद लामिछाने, सिराहाका शिवकुमार यादव, जाल मोम्मद रैन, मो मुजाहिद शेख, मो जाहिर मन्सुर, कास्कीका राजुबहादुर कुँवर, ललितपुरका रमेश पुलामी, खोटाङका रामनाथ राई, सिराहाका सलिम मियाँ, खोटाङका सन्तोष खत्री, झापाका भीम भट्टराई, धनकुटाका भूपालदेव लिम्बू, तनहुँका चित्रबहादुर थापा, सप्तरीका देवेन्दप्रसाद राय, खोटाङका देवराज राई र गुल्मीका जयबहादुर सुवेदी रहेका छन् ।
उनीहरुले ५ हजार रियाल देखि तीनलाख रियालसम्म ब्लडमनी पाएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?