१८ अाैं एसियाली खेलकुदमा इण्डोनेशियाका सवै विद्यालय बन्द

काठमाडाैं : अगस्ट १८ देखि सेप्टेम्बर २ तारिखसम्म अायोजना हुने १८ अाैं एसियाली खेलकुद प्रतियोगिता अवधिभर इण्डोनेशियाका विद्यार्थीहरूले छुट्टी पाउने भएका छन् । 

इण्डोनेशियाली सरकारले एशियाली खेलकुद अवधिका लागि राजधानी जाकार्ताका ७० वटा विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । यी विद्यालयका विद्यार्थीले १५ दिन लामो शैक्षिक बिदा पाउँदैछन् ।

एसियाली खेलकुद अवधिमा पठनपाठन गराउँदा विद्यार्थीको भीडका कारण ट्राफिक जाम पर्ने र खेलकुद प्रतियोगिता प्रभावित हुने भन्दै छुट्टी दिर्इएको हो । 

छुट्टीमा बसेका विद्यार्थीहरूलार्इ घरमै बसेर अध्ययन गर्न सरकारले अाग्रह गरेको छ । घरमै अध्ययन गर्दा पनि शिक्षकले गृहकार्य दिने र सोहीअनुसार विद्यार्थीले स्वअध्ययनमार्फत कोर्ष अघि बढाउनुपर्ने त्यहाँको शिक्षा मन्त्रालयले निर्देशन दिएको छ । 

विद्यार्थीहरूलार्इ छुट्टी दिएपछि जाकार्तामा ३० देखि ४० प्रतिशत सवारी अावागमन समस्या हल हुने त्यहाँको सरकारले अपेक्षा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?