गेर्राड पिकेले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाडाैं : स्पेनिश डिफेन्डर गेर्राड पिकेले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । 

रूसमा भएको विश्वकप फूटबलकै क्रममा अाफूले सन्यास लिने निर्णय गरेकोले उक्त निर्णयलार्इ सार्वजनिक गरिएको पिकेले बताएका छन् । 

विश्वविख्यात गायिका साकिराका पति गेर्राडले स्पेनका लागि १०२ वटा फूटबल म्याच खेलेका छन्, यी म्याचहरूमा उनले ५ गोल गरेका छन् । 

स्पेनले २०१० मा विश्वकप जित्दा गेर्राड स्पेनिश टीममा थिए भने २०१२ को युरोकप जित्दा पनि पिके राष्ट्रिय टोलीमै थिए । 

३१ बर्षीय पिके हाल बार्सिलोनाबाट व्यवसायिक फूटबल खेल्ने गर्छन् । अन्तर्राष्ट्रिय फूटबलबाट सन्यास लिएपछि अाफु बार्सिलोनामा केन्द्रित हुने पिकेले बताएका छन् । 

क्याटलान पक्षधरको स्वतन्त्रता अान्दोलनमा लागेको भन्दै स्पेनभित्र पिकेको अालोचना हुने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?