गुरूत्वाकर्षणीय तरंगले एलियनको संसार खोज्न सघाउने

एजेन्सी :अन्तरिक्षमा अन्तरिक्ष जन्तु (एलियन)हरू हुनसक्ने रहस्यको खोजीका लागि गुरूत्वाकर्षणीय तरंगले सहयोग पु-याउने वैज्ञानिकहरूले बताएकाछन् ।

सन् २०१६मा गुरूत्वाकर्षणीय तरंगको प्रत्यक्षरूपमा पत्ता लगाएको भौतिकशास्त्रीहरूले घोषणा गर्दा वैज्ञानिक समुदायमा यो खोजले हलचल पैदा गरायो ।

गुरूत्वाकर्षणीय तरंगको पूर्वानुमान १०० वर्ष अघि प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टिनले गरेका थिए । गुरूत्वकर्षण तरंग भनेको समय स्थानको  बनोटमा परेका खुम्चाईहरु हुन जसले समयलाई यसबाट फैलाउँछ ।

अब अनुसन्धानकर्ताहरूको एक समूहले एलियनहरूको संसार खोजीका लागि यो गुरूत्वाकर्षणीय तरंगहरूको प्रयोग गर्ने बताएका छन् ।

अन्तरक्षिमा जीवन हुनसक्ने ग्रहहरूको अध्यन गर्न यसले मदत गर्ने विश्वास गरिएको छ ।

एलियनका स्रोतहरू पृथ्वीका नजिक भएका बेला यसका मधुरो संकेतहरू अनुभव गर्नसकिने अध्ययनका लेखक जोस एडमिर सेल्स डे लिमाले भनेका छन् ।

उनीहरूले बाइनरी सिस्टमा यसको अध्ययन गर्ने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?