सीपीएल क्रिकेट: सन्दिपले लिए एक विकेट, एसकेएन प्याट्रिओट्सले ट्रिनबागोलाई हरायो

काठमाडौं । नेपाली युवा खेलाडी सन्दिप लामिछानेले क्यारेबियन प्रिमियर लिग ‘सीपीएपल’को दोस्रो खेलमा १ विकेट लिन सफल भएका छन् । 

सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटबाट बलिङ गरेका उनले दुई ओभरमा मात्र ३ रन खर्चिएका थिए । सन्दिपले पुरा ४ ओभर बलिङ भने गरेनन् । 

सन्दिपले आफ्नो पहिलो ओभरमै ट्रिनबागो नाइट राइडर्सका क्रिस लिनलाई आउट गर्दै विकेट मेडन राखे। आफ्नो दोस्रो ओभरमा पनि सन्दीपले उत्कृष्ट बलिङ गर्दै २ रन मात्र दिए।

२०औँ बलिङ गरेका सन्दीपले १४ रन खर्चेका थिए। कूल ३ ओभर बलिङ गर्दा सन्दीपले १ मेडन राख्दै १७ रन खर्चेर १ विकेट लिन सफल भए । उक्त खेल सन्दिप सहभागि क्लब  एनकेएस प्याट्रिओट्सले ४२ रनले आफ्नो पक्षमा पार्‍यो ।  

प्याट्रिओट्सले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको ट्रिनबागोले २० ओभरमा ८ विकेट गुमाएर मात्र १ सय ६१ रनमा समेटिएको थियो । 

ट्रिनबागोका लागि  केभन कुपरले नटआउट रहँदै सर्वाधिक ४२ रनको योगदान दिए भने डारेन ब्राभोले ४१ तथा कोलिन मनरोले ३५ रन जोडे।

सन्दीपले ‘सीपीएल’मा डेब्यु गर्दे पहिलो खेल गुएना अमेजन वारियरविरूद्ध ४ ओभर बलिङ गर्दै १२ रन खर्चेर २ विकेट लिएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?